डा. फाउचीले बताए खोप लगाएकाहरुमा पनि मास्क अनिवार्य गर्नेबारे
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोना भाइरसको संक्रमण बढिरहेको बेला अमेरिका गलत दिशामा हिंडिरहेको टिप्पणी गरेका छन् ।
स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको पनि उनले बताएका छन् ।
आइतबार सीएनएनसँग कुरा गर्दै फाउचीले सो कुरा बताएका हुन् । फाउचीका अनुसार कोरोनाभाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा अति संक्रामक डेल्टा भेरिअन्ट बढिरहेको छ ।
प्रमुख संक्रामक रोग विशेषज्ञ फाउचीका अनुसार अमेरिकामा कोरोना भाइरस नलगाएका ९९.२ प्रतिशत व्यक्तिको कोरोनाबाट मृत्यु भएको छ ।
अमेरिकामा हालसम्म ४९ प्रतिशतले पूर्ण खोप लगाइसकेको बताइन्छ । गत अपि्रलदेखि भने खोप लगाउने दर केही घटेको देखिएको छ ।
डा. फाउचीले युवाहरुले खोप लगाउन नमान्नु निकै निराशाजनक भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्