धनुषामा साउन २० गतेसम्म थप निषेधाज्ञा

जनकपुरधाम । धनुषामा आगामी साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको सिफारिस बमोजिम साउन २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । यसअघि आइतबारसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

frontline

जिल्लामा यसअघि नै स्वास्थ्य मापदण्डको पालना गरी पसलहरु खोल्न र जिल्लाभित्र सबारी साधन संचालन गर्न अनुमति दिइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here