नेपालमा हालसम्म १३ लाख भन्दा बढीले लगाए खोप

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप हालसम्म १३ लाख भन्दा बढीले लगाइसकेका छन् । कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन सबै गरेर नेपालमा हालसम्म ७३ लाख ८२ हजार आठ सय ५० डोज खोप आइसकेको छ ।

त्यसमध्ये खोप लगाउनेको संख्या १३ लाख १२ हजार १२ पुगिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

frontline

मन्त्रालयका अनुसार चार लाख ६० हजार तीन सय आठ जनाले कोभिसिल्ड, ६ लाख ९२ हजार नौ सय ६९ जनाले भेरोसेल र एक लाख ५८ हजार सात सय ३५ जनाले जोन्सन एण्ड जोन्सन खोपको पूर्ण मात्रा लगाएका छन् ।

कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार चार सय ८४ जनाले र भेरोसेलको पहिलो डोज १५ लाख २१ हजार चार सय ६७ जनाले लगाएका छन्। जोन्सनको खोप एक लाख ५८ हजार ७३५ जनाले लगाएका छन् ।

जोन्सन एण्ड जोन्सन खोप बागमती र गण्डकी प्रदेशमा मात्र लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here