ट्राफिक प्रहरी प्रभाग बल्खुकाे भवन शिलान्यास

श्रोत: शनिबार

महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुकाे भवन शिलान्यास गरिएकाे छ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खु- १४ हाइटमा ट्राफिककाे नयाँ भवनकाे ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले शनिबार शिलान्यास गरेका हुन्।  

frontline

हाल भइरहेको बल्खुमा कक्ष साँघुरो भएकाले क्षमता विस्तारका लागि भवन निर्माण गर्न लागिएको हो।

ट्राफिक प्रहरीकाे कामकाज सहज बनाउनकाे लागि कुमारी क्लबकाे संयाेजनमा र स्थानीयकाे सहयोगमा उक्त भवन निर्माण गर्न लागिएको हो।

ट्राफिक प्रहरी सई मिलन सिंहको पहल र क्लबका अध्यक्ष नहकुल हमाल ठकुरीकाे सहजीकरणमा निर्माण हुन लागेको भवनको लागत करिब ३५ लाख रूपैयाँ रहेको बताइएको छ। उक्त भवनमा एउटा किचनसहित ४ काेठा बन्नेछ।

शिलान्यास कार्यक्रममा बाेल्दै महाशाखा प्रमुख एसएसपी भट्टराईले नागरिकको साथ सहयोग र मायाले नै ट्राफिक प्रहरी अगाडि बढ्ने बताए। 

उनले भने,‘समाजमा प्रहरीले गरेकाे याेगदान र माया स्वरूप हामीले भवन प्राप्त गर्दैछाैं। समाजप्रति झन् उत्तरदायी र समाजप्रति झन् सशक्त रूपमा अगाडि बढ्न उत्प्रेरित गरेकाे छ।’

सडक दुर्घटना न्यूनीकरणदेखि सामाजिक अपराध न्यूनीकरणमा नागरिक प्रहरीको सहकार्य उत्तिकै महत्त्वपूर्ण भएको समेत भट्टराईले बताए ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि , १४ नम्बर वडा सदस्य तथा कार्यापालिका सदस्य रश्मि खड्का,कालिमाटी वृत्त प्रमुख अपिलराज बाेहाेरा, समाज सेवी तथा युवा नेता दिपेन्द्र केसी,विशेष सल्लाहकार नानू माया बाँस्ताेला,कलंकीका ट्राफिक इञ्चार्ज शंकर खड्का लगायतकाे सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here