२४ घण्टामा ३११४ संक्रमित,१६ को मृत्यु

काठमाडौं । शनिबार थप ३ हजार ११४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६२५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३०९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार २८५  गर्दा ८०५ मा संक्रमण देखिएको छ।

frontline

कुल १४ हजार ९१० जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। 

थप १६ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा २ हजार १९७ जना कोरोनाबाट मुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here