हास्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ले पाइन् मिर्गाैला

काठमाडौं ।  दुवै मिर्गाैलामा समस्या भएर महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत हास्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ले मिर्गाैला पाउने भएकी छिन् ।

नेपालमा मिर्गाैला प्रत्यारोपण गर्नका लागि हाडनाता चाहिने कानुन भएकाले डंगोललाई मिर्गाैला प्रत्यारोपणका लागि समस्या उत्पन्न भएको थियो

frontline

डंगोलका भाइ राजु डंगोलका अनुसार नेपालमा मिर्गाैला गर्न हाडनाता चाहिने भएका कारण यतै उपचार हुने कि नहुने परिवार दाेधारमा थियो । 

डंगोल परिवारले भारतमा उपचार गर्ने योजना पनि बनाएकाे थियाे । तर, डंगोलको नेपालमै उपचार गर्ने मनसाय रहेको थाहा पाएपछि परिवारभित्रै मिर्गाैला खोजी सुरु गरिएको थियो ।

पल्पसाका भाइ राजुले भने, ‘अहिले हामीले दिदीका लागि मिर्गाैला पाइसकेका छौँ । चार–पाँचजनाले दिने भनेर आउनुभएको छ,’  तर, अहिले दाताहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत परीक्षण भइरहेको छ ।’

दुई दिनपछि आउने रिपोर्टले कसको मिर्गाैला प्रत्यारोपण गर्ने भनेर फाइनल हुने उनले बताए । 

घरमै बसिरहेको वेला सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएकी डंगोलको त्यतिवेला मात्रै दुवै मिर्गाैलाले काम गर्न छाडेको रिपोर्ट डक्टरहरूले निकालेका थिए । विगत १५ वर्षदेखि मिर्गाैलाको समस्याबाट डंगोल पीडित थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here