चितवनमा फेला परेको शवको खुल्यो पहिचान

चितवन ।  चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेको शवको पहिचान खुलेको छ ।

बिहीबार विहान फेला परेको शव धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको भएको प्रदेश–३ प्रहरी कार्यालयका डीआईजी प्रकाशजंग कार्कीले बताए ।    

frontline

३६ वर्षीय भरत गुरुङ नेपाली सेनाका हुद्दा हुन् । महेन्द्रदल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखा दरबन्दी भएका भरत ६ दिनको बिदा लिएर चितवन पुगेको थाहा भएको छ । घटनाबारे चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here