रुसमा भ्रष्टाचार आरोपमा प्रहरीहरूको समूह पक्राउ

श्रोत : ईन्टरनेट

काठमाण्डु । रुसमा भ्रष्टाचार गरेको आरोपमा प्रहरीहरूको एउटा समूहलाई अनुसन्धानकर्ताहरूले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा स्ट्राभ्रोपल क्षेत्रका ट्राफिक प्रहरी प्रमुख आलेक्सी साफोनोभसहित अन्य ६ जना रहेका छन् ।

frontline

भ्रष्ट प्रहरी अधिकारीहरूविरुद्ध अनुसन्धान गर्ने क्रममा एउटा महलमा सुनको जलप लगाइएको शौचालय र अन्य सामग्री फेला परेको छ ।त्यसका लागि अनुसन्धानकर्ताहरूले धेरै ठाउँमा छापा मारेका थिए ।

अनुसन्धानकर्ताहरूले एउटा भव्य महलमा सुनको जलप लगाइएको शौचालय तथा अन्य विलासी सामग्रीहरू समेत फेला परेका छन् ।

जाँच समिति एसकेको वेबसाइटमा राखिएको भिडिओमा उक्त भवनभित्र अत्यधिक खर्च गरेर सजावट गरेको देखिन्छ ।

व्यापार-व्यवसाय गर्ने नक्कली अनुमतिपत्र जारी गरेर ती ट्राफिक प्रहरीले घुस लिएको आरोप लागेको थियो ।

भिडिओमा देखिएको उक्त भव्य महल आपराधिक समूहको भएको जनाइएको छ ।

आरोपितहरूले भने कुनै प्रतिक्रिया दिएका छैनन । उक्त भवनको भान्सामा पनि सुनका सामग्री छन ।

रुसको उत्तर ककससका प्रहरी भ्रष्टाचारविरुद्धको उक्त अभियानमा संलग्न भएका थिए । एसकेले आफूले ८० वटा स्थानमा खानतलासी गरेको बताएको छ ।

के हो एसके ?

एसके रुसको अमेरिकाको एफबीआई जस्तै सरकारी निकाय हो । एसकेले स्ट्राभ्रोपलमा सक्रिय उक्त समूहले वर्षौँदेखि घुस लिँदै आएको र त्यो रकम एक करोड ९० लाख बढी रुबल अर्थात् दुई लाख ५५ हजार डलरभन्दा बढी भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here