नहरमा डुबेर दुई बालकको मृत्यु

भरतपुर । भरतपुर महानगरपालिका-२ क्षेत्रपुरमा रहेको खुला चौरनजिकै रहेको नहरमा डुबेर बुधबार दिउँसो बालकको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्मा रहेका छन्।

frontline

चौरमा क्रिकेट खेलेर हातखुट्टा धुने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए।

प्रहरीका अनुसार उनीहरूलाई दुई सय मिटर परबाट उद्धार गरी अस्पताल पठाइएकोमा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here