स्विट्जरल्याण्डका राजदूत र जसपा यादवबीच भेटवार्ता

काठमाण्डु । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वान क्यापेलरबीच भेटवार्ता भएको छ ।
राजदूत क्यापेलरले जसपा केन्द्रीय कार्यालय बालकुमारीमा पुगेर बुधबार दिउँसो अध्यक्ष यादवसँग भेटवार्ता गरेकी हुन् ।




भेटमा नेपाल–स्विट्जरल्याण्ड सम्बन्ध, पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल भएको यादवको सचिवालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्