कोरोना संक्रमण बढ्दै दक्षिण कोरियामा

दक्षिण कोरिया । कोरोना भाइरसको चौथो वेभ देखिएको दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको छ ।

त्यहाँका अधिकारीहरुले मंगलबार धेरै जना कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएको छन् ।

frontline

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार दक्षिण कोरियामा गएको २४ घण्टा यताको तथ्यांक हेर्दा कोभिड १९ का सङ्क्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् । 

दक्षिण कोरियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टा यता मात्र एक हजार ७८४ जना कोभिडका संक्रमितहरु भेटिएका हुन् ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँ गएको ६ महिनापछि एकै पटक यतिधेरै संख्याका संक्रमित पहिलो पटक देखिएका हुन् ।

दक्षिण कोरियाका अधिकारीहरुले दक्षिण कोरियामा गएको हप्ता देखि निरन्तर रुपमा संक्रमितहरु बढ्दै गएको पनि बताएका हुन्।

उनीहरुका अनुसार दक्षिण कोरिया कोभिड संक्रमणको चौथो वेभमा प्रवेश गरेको छ । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्डहरु अपनाउने काममा कडाई गरेको छ ।

यो सँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ८२ हजार ७२२ जना पुगेको बताइएको छ ।

यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको हो ।

अधिकारीहरुले यही जुलाई १ देखि देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा हाल त्यहाँ सङ्क्रमितहरु कम्तीमा पनि ५६ प्रतिशत बढेका छन् ।

यसरी प्रत्येक दिन संख्या बढ्दै गएका कारण पनि दुई हप्ता अघि नै यहाँका स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए ।

मंगलबार देखिएका यी संक्रमतिहरुमा आधाभन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here