वनक्षेत्र नाश भएकाे भन्दै डाेजर चलाउन राेक -गाेकर्णेश्वर

गाेकर्णेश्वर नगरपालिकाका डाँडाभरी डाेजर चलेर व्यापक क्षति  भएपछि नगरपालिकाले डाेजर चलाउन राेक लगाएकाे छ । नगरपालिकाकाे उत्तरी भेकमा रहेकाे डाँडाहरूमा पछिल्ला समय स्काभेटर, जेसिभी प्रयाेग गरेर भूमाफियाले प्लटिङका नाममा व्यापकरूपमा डाँडा भास्ने काम भएपछि व्यापक जनदबाव सृजना भएकाे थियाे । वडा नं ३ का वडाध्यक्ष राजेन्द्र भण्डारी स्वयमले वनपैदावरसमेत नास हुने गरी भएका प्लटिङ र बालुवाकाे अबैध उत्खनन राेक्न पत्राचार गरेका थिए ।

मिडियामासमेत गाेकर्णेश्वर नगरपालिकाका मेयरसँग जाेडेर भूमाफिका समाचार आउन थालेपछि मेयर सन्ताेष चालिसेले एक निर्णय गरेर तत्काल नगरपालिकामा डाेजरलगायतका उपकारण बन्द गर्ने भएका छन् । पाैष १४ गते जारी गरिएकाे पत्रमा नगरपालिकामा अव्यवस्थित ढङ्गले एक्सभेटर जेसिभि प्रयाेग गरेर वातावरण र जनजीवन प्रतिकुल हुने गरी पर्तिजग्गा,  वनक्षेत्र, जलाशयलगायत क्षेत्र दाेहन भैरहेकाे भनेर गुनासाे प्राप्त भएकाे हुँदा विकास निर्माणकाे काममा बाहेक अन्य प्रयाेजनमा एक्साभेटर तथा जेसिवि चलाउन बन्द गर्ने निर्णय गरिएकाे भनिएकाे छ । जारी सूचनामा यस अघि जारी गरिएका यावत् अनुमतिहरू यसै पत्रद्वारा खारेज गरिएकाे पनि बताइएकाे छ ।

frontline

नगरप्रमुख चालिसेद्वारा हस्ताक्षरित पत्रमा यस पत्र तथा सूचना विपरित काम भएमा कार्बाही गरनिे पनि जनाइएकाे छ । नगरपालिकाले यसरी सूचना प्रकाशित गरेपछि दर्जनाै संख्यामा चलिरहेका प्लटिङ तथा बालुवा वासिङ टड्काराेरूपमा प्रभावित भएका छन् । भूमाफिया तथा वासिङवालाहरु नगरपालिकाकाे सूचनासँगै समस्यामा परेकाे बताइएकाे छ भने नगरपालिकालाइ प्रभावित पारेर फेरी एक्साभेटर तथा जेसिवी चलाउन पाइने व्यवस्था गर्न सक्रिय भएकाे बताइएकाे छ ।

नगरप्रमुख सन्ताेष चालिसेले जेसिबी तथा एक्साभेटर बन्द गर्ने निर्णय गरेसँगै मेयरकाे याे प्रगतिशिल कदमलाइ स्थानीयवासीले सरहना गरेका छन् छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here