प्रधानमन्त्री देउवा प्रचण्ड निवास खुमलटार पुगे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् ।

बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको बताइएको छ ।

frontline

यसअघि मंगलबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए ।

भेटमा सरकार सञ्चालन र गठबन्धनको साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको थियो ।

यसैगरी प्रचण्डले आजै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

मंगलबार बिहानै सत्तारुढ गठबन्धन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि नेता नेपालसँग भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here