बढेको उडान २४ जुलाईबाट कार्यान्वयनमा

श्रोत : ईन्टरनेट

काठमाडौं । भारतको नयाँ दिल्लीमा अब काठमाडौंबाट सातामा कुल ६ उडान हुने भएको छ । अहिले भारतको नयाँ दिल्लीमा साताको दुई उडान भइरहेको छ ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रसाद पौडेलका अनुसार अब नयाँ दिल्लीमा काठमाडौंबाट सोमबार, बुधबार र शनिबार नेवानिको उडान हुने छ ।

frontline

भारतबाट एयर इण्डियाले उडान तालिका तोक्नेछ ।

यसअघि सातामा दुई उडान मात्र हुँदा सीट उपलब्ध नहुँदा नयाँ दिल्लीको भाडा अत्यधकि महंगो भएको थियो । बढेको उडान २४ जुलाईबाट मात्र कार्यान्वयनमा आउने निगमले जनाएको छ ।

नेपाल र भारतबीच एयर बबल सम्झौता अनुसार उडान भइरहेको छ ।

सो सम्झौतामा उडान थप गर्न नेपालले प्रस्ताव गरेको थियो ।

प्रस्ताव स्वीकृत भएसँगै उडान संख्या बढेको हो ।

भारतको बैंलौर र मुम्बईमा भने तत्काल उडानको सम्भावना नरहेको नेपाल एयरलाइन्सको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here