माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुँदै

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर २ सरकारमा सहभागी हुने भएको छ । एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र शनिबार प्रदेश सरकारमा सहभागी हुँदै छ ।

जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहले राजीनामा दिएका छन् ।

frontline

नेकपा (माओवादी केन्द्र)लाई सरकारमा सहभागी गराउन सत्तारुढ जसपाका अध्यक्ष उपेन्द्र यादवले दुवैजनालाई राजीनामा गर्न लगाएका हुन् ।

खाली भएको मन्त्रालय माओवादी केन्द्रले पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here