चाँगुनारायण नगरपालिकाले अक्सिजन प्लान्ट जडान सुरु

श्रोत : ईन्टरनेट

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले अक्सिजन प्लान्ट जडान सुरु गरेको छ ।

पालिकाले उत्तरी छिमेकी चीनबाट प्लान्टका लागि आवश्यक सामग्री खरिद गरेर ल्याएसँगै प्लान्ट जडान सुरु गरेको हो ।

frontline

नगरपालिका अस्पतालको भवनमा अक्सिजन प्लान्ट जडान सुरु गरिएको हो ।

प्लान्टबाट दैनिक ४८ देखि ५० वटा ठूला अक्सिजन सिलिन्डर भर्न सकिनेछ ।

प्लान्ट जडान गर्न नगरपालिकाले चाँगुनारायण फाउन्डेसनसँग सम्झौता गरेको छ ।

त्यसका लागि फाउन्डेसनले ६० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत रकम बेहोर्ने समझदारी भएको छ । 

फाउन्डेसनका अध्यक्ष मणिराज खत्रीका अनुसार टेन्डर प्रक्रियामार्फत चीनबाट १ करोड १० लाख रुपैयाँमा उक्त सामग्री खरिद गरी ल्याइएको हो ।

१ करोड ५७ लाखमा गरिएको टेन्डरमा ४७ लाख कम गरी १ करोड १० लाख रुपैयाँमा उक्त सामग्री ल्याइएको हो ।

  प्लान्ट जडान शुक्रबादेखि सुरु भएको छ । अबको केही दिनमा प्लान्टबाट अक्सिजन उत्पादन सुरु हुनेछ ।

  उत्पादित अक्सिजन प्लान्ट नगर अस्पतालमा भर्ना भएका बिरामीलाई वितरण गरिने नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here