कांग्रेस सदस्य श्याम घिमिरेमाथि कुटपिट

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्याम घिमिरेमाथि कुटपिट भएको छ ।

सिन्धुपाल्चोकको क्रियाशील सदस्यतालाई लिएर घिमिरेमाथि कुटपिट भएकोहो ।

frontline

घिमिरेका अनुसार राप्रपाबाट आएका भनेर १२०० जनालाई क्रियाशील दिइएको छ । तर यसबारे उजुरी आएपछि समितिले मान्यता दिन सकेन ।

१३औं महाधिवेशनको क्रियाशीललाई मात्र मान्यता दिन सिफारिस गर्ने छानविन समितिको तयारी छ ।

यसलाई लिएर केन्द्रीय सदस्य मोहन बस्नेतले शुक्रबार विहान फोन गरेर धम्की दिएको छानविन समितिका सदस्य घिमिरेले बताए ।

दिउँसो यसबारे छलफल गर्नुछ भन्ने केही मानिसहरु आएको र त्यही क्रममा कुटपिट गरेको घिमिरेले बताए । ‘एक्सेर गर्दा चोट त देखिएको छैन, तर ढाड दुखेको छ ।’

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here