मानव अधिकारका घटना कम भए पनि अझै रोकिएन : चितवन
चितवन । चितवनमा सन् २०२१ जनवरी देखि जुन सम्ममा मानव अधिकार उल्लंघनका घटना घटेका छन् । सन २०२० को सोहि समयमा भएका घटना भन्दा अहिले घटना कम भएका हुन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले चितवनका अनुसार यस ६ महिनामा महिला बलात्कारका घटना, ६ वटा, बालिका बलात्कारका १३ वटा, महिला बलात्कार प्रयास २ वटा र बालिका बलात्कार प्रयास ३ वटा घटना भएका छन् ।
यस्तै बाल यौनदुरुपयोगका घटना १० वटा, बालिका बेचबिखन १ वटा, वहुविवाह ३ वटा, बालविवाह १ वटा भएका छन् ।
आत्महत्या दुरुपयोगको १ वटा, बालिका अपहरण एउटा र हत्या एउटा भएको इन्सेकले आज यहाँ अर्ध वार्षिक समिक्षा कार्यक्रममा सार्वजनिक गरेको हो ।
इन्सेक चिवतनका प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार सन् २०२० को यहि समयमा महिला कलात्कारका घटना ९ वटा, बालिका बलात्कारका घटना १६ वटा, महिला बलात्कार प्रयासका घटना ६ वटा बालिका बलात्कारको प्रयासका घटना ४ वटा भएका थिए ।
यस्तै महिला हत्या ४, पुरुष हत्या पाँचवटा, बाल यौन दुव्र्यवहार ४ वटा, बहुविवाह ४ वटा भएका छन् ।
आत्महत्या दुरुत्साहन २ वटा, मानव वेचविखनका २ वटा, बम बिस्फोटका १ वटा, हातहतियार १ र राज्य विरुद्ध अपराधका घटना २ वटा रहेका छन् ।
अधिकारीका अनुसार जिल्लामा मानवअधिकारका घटना कम भए पनि रोक्न सकिएको छैन । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार ढल्लाकोटीले हामीले चाहेको समाज अझै नबनेको बताउनुभयो ।
अहिलेको समाज कता गइरहेको छ भन्ने विषयमा सम्बेदनशिल भएर अघि बढ्नुपर्ने समय आएको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्ने बक्ताहरुले न्याय मर्न नदिनका लागि सबै एक भएर लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, नेपाल बार एशोसियसनका पूर्ब अध्यक्ष जग्गनाथ भण्डारी, योनजन्य हिंसा विरुद्धको साझा अभियानका सह–संयोजक संगिता भण्डारीले बोल्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्