चालु आर्थिक वर्षमा ८ खर्ब ७० अर्ब ९४ करोड रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्म ८ खर्ब ७० अर्ब ९४ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्षको तुलनामा १२.६ प्रतिशतले बढी हो । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको जेठ मसान्तसम्मको वित्तिय विवरणमा रेमिट्यान्स बढेको देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थयो । तर, चालु आवमा अमेरिकी डलरमा हुने विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । गत वर्ष वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।

frontline

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको थियो ।

चालु खाता र शोधनान्तर घाटामा

चालु आवको ११ महिनामा चलु खाता २ खर्ब ९३ अर्ब ५७ करोडले घाटामा गएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष समिक्ष अवधिमा चालु खाता घाटा ६२ अर्ब ५९ करोड ११ घाटामा थियो ।

खुद  प्रत्यक्ष वैदेशिक  लगानी  १३.४  प्रतिशतले  कमी  आई १६  अर्ब  २०  करोड  कायम  भएको  छ ।अघिल्लो  वर्षको  सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ७२ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा रहेको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर  स्थिति  १७९  अर्ब  ३७  करोडले  बचतमा  रहेको  थियो  ।

अमेरिकी  डलरमा  अघिल्लो  वर्षको  सोही अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ८ लाखले घाटामा छ ।

२०७७ असार मसान्तमा रु.१४ खर्ब ०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.६ प्रतिशतले कमी आई २०७८ जेठ मसान्तमा रु.१३ खर्ब ६५ अर्ब ६५ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ जेठ मसान्तमा ०.६ प्रतिशतले वृद्धि भई ११ अर्ब ७१ करोड पुगेको छ । यसले १०.१ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here