कांग्रेस वडाध्यक्षका उम्मेदवारसहित ८५ जना एमालेमा प्रवेश

श्रोत: ईन्टरनेट

चितवन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारबाट बाहिरिए पनि नेकपा (एमाले) प्रति जनताको भरोसा बढ्दो क्रममा रहेको बताउनुभएको छ ।

चितवनको राप्ती नगरपालिकामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ऐहासिक कार्यका कारण एमालेप्रति जनताको भरोसा बढेको जिकिर गर्नुभयो ।

frontline

मुख्यमन्त्री पौडेलले कुनै पनि दल आफ्नो विचार र तिनको कार्यान्वयनका कारण स्थापित वा विस्थापित हुने उल्लेख गर्दै विचारको सही र सफल कार्यान्वयनका कारण एमाले पूर्णरुपमा स्थापित बन्न सकेको दाबी गर्नुभयो ।

कार्यक्रममा स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार जीतबहादुर तामाङका नेतृत्वमा ८५ जना एमालेमा प्रवेश गर्नुभएको थियो ।

सो अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलिया, राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामा लगायतले नवप्रवेशीलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता एबम नेकपा एमाले राप्ती नगरपालिका वडा न ०१ कमिटी अध्यक्ष बिमलकान्त डल्लाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here