चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशीलता कार्यक्रम सुरु

श्रोत : ईन्टरनेट

भक्तपुर । चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशीलता कार्यक्रम सुरु भएको छ ।

मंगलबारबाट नगरपालिकाको समन्वय र सिफारिसमा नेपाल बैंक लिमिटेड कमलविनायक शाखाले ऋण दिन सुुरु गरेको हो । 

frontline

 सो अनुसार हाइट हाउस खाजा घर तेलकोटका सञ्चालकलाई तीन लाख नगद उपलब्ध गराएको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए । 

चाँगुनारायणले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्यमी बन्न चाहने नगरवासीलाई बढीमा ३ लाख रुपैंया विना धितो निर्व्याज ऋण उपलब्ध गराउने घोषणा गरेको थियो ।

नगरपालिकाद्धारा सिफारिस भएका अन्य उद्यमीलाई साउनदेखि ऋण दिने प्रक्रिया सुचारु हुुने मिश्रले बताए । 

सोही अनुसार पहिलो लाभग्राहीको रुपमा खाजा घरका सञ्चालकसँग सम्झौता भई कार्यान्वयनको शुभारम्भ गरिएको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए ।

सम्झौताअनुसार लाभग्राहीले पाँच वर्षमा उक्त रकम चुक्ता गर्नुपर्ने छ । 
नगरपालिकाले महिला उद्यम, दलित र पिछडिएका वर्ग, वैदेशिक रोजगार, युवा स्वरोजगार र कृषि गरी पाँचवटा क्षेत्रमा उद्यमी बन्न चाहनेहरुलाई छनोट गरेको थियो । 

सो कार्यक्रमका लागि नेपाल बैंकले उद्यमीलाई ७ दशमलव ९८ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने छ ।

ब्याजमध्ये ऋणको विषयवस्तु अनुसार ५ वा ६ प्रतिशत नेपाल सरकार र राष्ट्र बैंकको अनुदानबाट व्यहोर्ने र बढीमा २ दशमलव ९८ प्रतिशत नगरपालिकाले व्यहोर्ने गरी कार्यविधि तयार गरिएको  बैंकका शाखा प्रबन्धक विष्णुमान भैलले जानकारी दिए । 

समयावधिभित्र ऋण चुक्ता नगर्ने वा ऋणको दुरुपयोग गरेको खण्डमा नगरपालिकाले कालो सूचीमा समावेश हुनेछन् ।

नगरका अन्य सेवा सुविधामा रोक लगाइने र बैंकले पनि प्रचलित ऐन नियमानुसार कारवाही गर्ने प्रावधान राखिएको छ  ।

चालू आर्थिक वर्ष २ सय ६२ जना यो कार्यक्रमको लागि छनोट भएका छन् ।

कार्यक्रमका लागि आवेदन दिने १ हजार १ सय २१ जनाले निवेदन दिएका थिए । 

तीमध्ये मनोविज्ञको टोलीले विभिन्न ३६ वटा प्रश्नको सहायताले ३ सय ९० जनालाई उद्यमशिलता तालिमका लागि छनोट छन् । 

तालिममा सहभागीमध्ये २ सय ९२ जनालाई छनोट गरी नगरपालिकाले ऋण प्रक्रियाको लागि नामावली नेपाल बैंकमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here