गोरखामा होटल, रेष्टुरेष्ट र खाजा घर सञ्‍चालनमा

गोरखा । निषेधाज्ञाका कारण लामो समय देखि बन्द रहेका जिल्लाका होटल, रेष्टुरेष्ट, खाजा घर र मिठाइ पसलहरु सञ्‍चालनमा आउने भएका छन् ।

सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले यही असार ३० गतेबाट संचालन गर्न पाउने निर्णय गरेको हो ।

frontline

बिहान ५ देखि साँझ ५ बजेसम्म खोल्न पाउछन्,’ प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भने, ‘तर ग्राहकले त्यही बसेर खान मिल्दैन, खानेकुरा अर्डर गर्ने अनि प्याकिङ गरेर लानुपर्छ ।’

टेकअवे र होम डेलिभरी सेवा मात्र संचालन गर्न पाउने उनले बताए । होटल तथा लजको हकमा भने जनस्वास्थ्यको निर्धारित मापदण्ड पालना गरी कुल कोठा संख्याको एक तिहाइ नबढ्ने गरी सञ्‍चालन गर्न पाउने व्यवस्था गरिएको छ ।

कोठाहरु प्रत्येक दिन अनिवार्य रुपमा निसंक्रमण गर्नुपर्ने छ ।

यसअघि निश्चित समय छुट्याएर संचालन हुदै आएका अन्य व्यवसाय संचालनको अवधि पनि बढाइएको छ ।

सोमबारको बैठकले असार ३० गतेबाट बिहान ५ देखि साँझ ५ बजेसम्म उक्त पसलहरु सञ्‍चालन गर्न पाउने निर्णय गरेको हो ।

अहिले खाद्यान्न, तरकारी तथा फलफूलका पसलहरु बिहान ५ बजेदेखि ११ बजेसम्म र अन्य पसल बिहान १० देखि २ बजेसम्म सञ्चालन हुदै आएका छन् ।

बैठकले साउन ९ गतेसम्मका लागी निषेधाज्ञा लम्व्याउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here