भरतपुर महानगरद्वारा ६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाइ नगद सहित बिदाइ

श्रोत : ईन्टरनेट

चितवन । भरतपुर महानगरले नेपालमा नै पहिलो पटक ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाइ नगद सहित बिदाइ गरेको छ ।

लामो समय देखि महिला स्वास्थ्य स्वयंसेविका भएर महिला दिदीबहिनीको स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद ५० हजार सहित प्रमाण पत्र र खादाले सम्मान गरेको हो ।

frontline

नगरमा कार्यरत २ सय ७ महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट महानगरको मापदण्ड पुरा गरेका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद सहित महानगरले सम्मान र बिदाइ गरेको हो ।

विगत ३५ वर्ष भन्दा बढि समय देखि लगातार सेवामा रहनुभएका आमा तथा दिदिहरुलाई खालिहात पठाउन मनले नमानेपछि महानगरपालिकाले निति बनाएर एन र कानुनमा टेकेर उनीहरुका लागि नगद सहित सम्मान र बिदाई गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।

सधै सेवामै खटिने आमा तथा दिदिहरुका लागि ५० हजार नगद खास ठुलो नभएपनि महानगरले नमुना कामको थालनी गरेको र आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविकाको हितमा महानगर निरन्तर लाग्ने दाहालले बताइन् ।

उनीहरुका लागि चाडपर्व भत्ता देखि अरु कँहा के गर्न सकिन्छ आफुहरुले छलफल गरिरहेको र सहयोग गरिरहने प्रतिवद्धता जनाइन् ।

सो अवसरमा भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले निस्वास्थ रुपमा समाजमा काम गरेका स्वयंसेविकाहरुलाई सम्मान गर्न पाउदा खुसि लागेको बताइन् ।

सेवाबाट अवकास लिएपनि आउने नयाँ पुस्तालाई आफ्नो ज्ञान दिन र आवश्यक परेका बेला समाजमा सेवा गरिरहन उनले आग्रह गरिन् ।

महानगरले आगामी दिनमा पनि महानगरमा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुको हितमा धेरै कार्यहरु गर्ने पनि बताइन् ।

सम्मान भन्ने कुरा सानो भएपनि त्यसले ठुलो महत्व राख्ने बताउदै उनले यो सम्मानले आगामी दिनमा थप उर्जा प्रदान गर्ने बताइन् ।

सो अवसरमा महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले निस्वार्थ भावले लामो समयसम्म काम गरेका महिला आमा तथा दिदीबहिनीलाई सम्मान गर्र्नु आफैमा सार्थक कामको सुरुवात भएको बताए ।

आगामी दिनमा पनि महिला स्वास्थ्य स्वयंसेविकालाई कसरी सहयोग गर्न सकिन्छ त्यता तर्फ आफुहरुको ध्यान जाने उनको भनाई छ ।

समाजमा धन सम्पति भन्दा पनि सेवाले ठुलो छाप छोड्ने हुदा महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको समाजले सधै चर्चा गर्ने खतिवडाको भनाई छ ।

त्यस्तै भरतपुर महानगर प्रवक्ता अरुण पिडित भण्डारीले निस्वार्थ भावनाले आफनो कर्मलाई सधै शिरमा राखेर जनताको सेवामा समर्पित भएर हिड्ने स्वास्थ्य स्वयंसेविका प्रति आफुहरु निकै खुसि भएको बताए ।

महिला स्वास्थ्य स्वयंसेविकाको योगदान समाजमा उच्च रहेको उनको भनाई थियो । कहि कतै एउटाले छोड्दै गर्दा अर्को स्वास्थ्य स्वयंसेविका नियुक्ती गर्दा त्यही परिवारमा पुस्ता हस्तान्तरण हुने प्रबृति पनि देखिएकाले यसको हकमा पनि स्वास्थ्य शाखाले ध्यान दिन आवश्यक रहेको पनि बताए ।

भरतपुर महानगर २१ का अध्यक्ष चित्रसेन अधिकारीले महानगरले राम्रो कामको सुरुवात गरेको र आगामी दिनमा पनि यस्ता कामले निरन्तरता पाउने बताए ।

स्वास्थ्य स्वयंसेविका सञ्जाल भरतपुर महानगर अध्यक्ष सुभद्रा श्रेष्ठले महानगरले आफुहरुका समस्या समाधानमा ध्यान दिएको र आगामी दिनमा पनि थप सहयोग हुने कुरामा आफुहरु धेरै आशावादी रहेको बताए ।

भरतपुर महानगर वडा नम्वर २७ की महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी भुषालले महानगरले नगद सहित सम्मान गरेपछि आफुलाई निकै भाग्यमानी महशुस गरेको बताइन् ।

उनले यो रकमले सुनको गहना किन्ने बताइन् । भरतपुर १६ मा कार्यरत लिलादेवी पौडेलले महानगरले सम्मान गरेको रकम बाट धार्मीक कार्यमा खर्च गर्ने चाहना प्रकट गरिन् ।

भरतपुर महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले महानगरमा कार्यरत २ सय ७ जना मध्ये पछिल्लो कार्यबिधिमा उल्लेख्य भएको व्यवस्था अन्तर्गत आफुहरुले ३६ जनालाई बिदाइ गर्ने योजना अनुसार नगद सहित सम्मान गरेर बिदाइ गरेको बताए ।

अझै केही स्वयंसेविका ६० वर्ष उमेर पुगेका र बिदाई हुन नचाहनेहरु पनि रहेका र उनीहरुलार्ई अर्को वर्ष बिदाइ गरिने उनकोे भनाई छ ।

भरतपुर महानगर जनस्वास्थ्य प्रवर्धन शाखाका निमित्त प्रमुख सुर्य तिवारीलेमात्रि मृत्युदर र बाल मृत्युदर घटाउन स्वास्थ्य स्वयंसेविकाको भुमिका महत्वपुर्ण रहेको बताए ।

४५ सालदेखि राज्यले स्वास्थ्य स्वयंसेविका नियुति गर्ने र परिचालन गर्ने योजना बनाएको र त्यही कार्यक्रम अन्तर्गत महानगरमा पनि महिला दिदीबहिनीहरुले निरन्तर काम गरिरहेको उनले बताए ।

बच्चा र आमाको स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य स्वयंसेविकाको भुमिका महत्वपुर्ण रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here