अवरुद्ध पूर्वपश्चिम राजमार्ग अझै सन्चालनमा आएन

चितवन । नवलपुरको कावासोतीमा बाढीले पुर्याएको क्षतिका कारण बिहीबार बिहानदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै सन्चालनमा आउन सकेको छैन ।

डिभिजन वन कार्यालय कावासोती अगाडिको कलभर्ट बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

frontline

हाल सो स्थानमा ह्युमपाइप राखेर ग्राबेल गरेर मर्मतको काम भइरहेको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।

आजैबाट राजमार्ग सुचारु गराउने गरी काम भइरहेको उनले बताए ।

बाटो अवरुद्ध भएपछि सयौं गाडीहरु बीच बाटोमै रोकिएका छन् । राजमार्गमा क्षति पुगेका स्थानबाट मोटरसाइकलसमेत चलाउन रोक लगाइएको छ ।

पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि डिभिजन वन कार्यालय नजिकबाट दक्षिणतर्फ रिठ्ठे पानी हुँदै लोकाहा पुल निस्किने घुमाउरो कच्ची बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

तर यो घुमाउरो बाटोमा पनि ठूला र लोड गाडीहरु चल्न नसक्ने डिएसपी गिरी बताउँछन् ।

यसैबीच विनय त्रिवेणी खोलाको भंगालोमा परेर बिहीबार अड्किएका केही व्यक्तिहरुलाई प्रहरीले उद्धार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here