नगर प्रमुखद्वारा ब्यवसाय उदघाटन

काठमाडौं । टोखा नगरपालिकाका प्रमुख श्री प्रकाश अधिकारीद्वारा पालिकास्थित A.K बुक्स एन्ड स्टेशनरी प्रा लिको एक औपचारिक कार्यक्रम बिच रिबन काटी उदघाटन गर्नुभयो ।

महामारीका बिच लकडाउन केही खुकुलो भएको अवस्थामा सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाई नगर प्रमुख द्वारा कार्यक्रमको आथित्य ग्रहण गर्दै ब्यवसायको उतोरोतर प्रगतिको कामना ब्यक्त गर्नुभयो  ।

frontline

सोही अवसरमा ब्यवसाय संचालक श्री अपिल नेपालले आफ्नो ब्यवसाय यसै लकडाउन बिच उदघाटन गर्नु परेको रहस्य उदघाटन गर्दै, यत्रो घनाबस्ती भएको टोखा नगरपालिका भित्र एकै छाना मुनी विद्यार्थी भाईबहिनिहरुको लागि चाहिने सबै सामाग्रीहरु पाउन मुस्किल भएकोले आफुले उक्त वाध्यात्मक परिस्थितीको बाबजुद पनि सामान्य औपचारिक कार्यक्रम गरी ब्यवसाय उदघाटन गर्नु परेको र अब उपरान्त यस बस्तिका विद्यार्थी भाईबहिनिहरुको पढाईमा अझ सहयोग पुग्ने आशा राखेको बताउनु भयो ।

ग्राहकको माग बमोजिमका पाठ्य पुस्तक एबम खेल्कुद र स्टेसनरीका सामानहरु उपलब्ध गराउदै लैजाने योजना रहेको पनि सोही अवसरमा
बताउनुभयो । बिभिन्न सामाजिक कार्यहरुमा समेत सकृय अपिल नेपाल, टोखा नगरपालिका स्थित रोना इन्टरनेसनल एकाडमीका सम्योजक समेत हुनुहुन्छ ।

टोखा नगरपालिका प्रमुख श्री प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here