बाढीले गाडीसहित बगाउँदा दुई जना बेपत्ता
पोखरा । पर्वतमा खहरे खोलामा आएको बाढीले गाडीसहित बगाउँदा दुई जना बेपत्ता भएका छन् ।
मध्यपहाडी लोकमार्गको ठेकेदार कम्पनी लामा कन्सट्रक्सनका इन्जिनियर र चालक बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय पर्वतका सिडिओ देवी पाण्डे खत्रीले जानकारी दिइन् ।
राति १० बजेतिर आएको बाढीले बगाउँदा बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्ग आयोजनाका साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारु हुन् ।
कुश्मा नगरपालिका ८ दोबिल्लाको खहरे खोलाको बाढीले बगाएर बेपत्ता भएको गाडी मोदी खोलामा भेटिएको छ ।
‘तर, खोलाको बहाव एकदमै ठूलो भएकाले निकाल्नै सकिएको छैन,’ सिडिओ खत्रीले भनिन्, ‘वेपत्ताहरुको अवस्था पनि अज्ञात छ ।’
सिडिओ खत्रीले उक्त बाढीले सोही स्थानकै चार वटा टहरा र मध्यपहाडी लोकमार्ग निर्माण कम्पनीकै दुई वटा मोटरसाइकल र एउटा स्कुटर पनि बगाएको जानकारी दिइन् ।
बाढीपहिरोले अहिले बाटो पूरै बन्द भएको छ । खोल्न पनि सकिराख्या छैनौं,’ उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस्