गण्डकीका मुख्यमन्त्रीको प्रेस संयोजकमा कोइराला नियुक्त

पोखरा । पत्रकार भरत कोइराला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

frontline

उनी २ दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।
उनले २०५८ सालमा अन्नपूर्ण पोस्टदेखि पत्रकारिता सुरु गरेका थिए ।

सुरुआतमा काठमाडौंमै रहँदा डेस्कमा कार्यरत उनी २०६५ सालदेखि पोखरामा दी हिमालयन टाइम्स र अन्नपूर्ण पोस्टको ब्युरो चिफका रुपमा काम गरेका थिए ।

पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर उनी संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्षसमेत हुन् ।

कोइरालाले भद्रकाली मावि, कुँडहरमा पत्रकारिता प्राध्यापनसमेत गर्छन् ।

स्याङ्जाको पुतलीबजारका स्थायी वासिन्दा कोइराला हाल पोखरा ११, फूलबारीमा बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here