पूर्वमन्त्री शाहविरुद्ध बानेश्वरमा ठाडो उजुरी

काठमाडौं । एमाले नेता एवं पूर्वमन्त्री प्रभु शाहविरुद्ध प्रहरी वृत्त, बानेश्वरमा ठाडो उजुरी परेको छ ।

विदेश पठाइदिने भन्दै लिएको पैसा फिर्ता नदिएको आरोप लगाउँदै प्रहरीमा उजुरी परेको हो ।

frontline

बानेश्वरका डीएसपी मिमबहादुर लामाका अनुसार ३० लाख लगेकोमा १० लाख फिर्ता गरेका र थप पैसा बाँकी रहेको बताउँदै उजुरी परेको छ ।

‘ठाडो उजुरी मात्र परेकाले बुझ्ने काम गरिरहेका छौं’ लामाले भने, ‘उहाँ नेताज्यूको घरमा पनि जानुभएको रहेछ ।’

प्रहरीका अनुसार बाँसबारीकी दीपा कुँवर नामक महिलाले निवेदन दिएकी हुन् ।

सामान्ययता प्रहरीले ठाडो उजुरीमा दुवै पक्षलाई बोलाएर छलफल गराउने गर्छ ।

तर आरोपित भीआईपी भएकाले प्रहरीले पूर्वमन्त्रीलाई सोधपुछका लागि बोलाएको छैन ।

एक प्रहरी अधिकृत भन्छन्, ‘पैसा दिएको पुष्टि गर्ने आधारहरु पनि देखिएकाले उहाँलाई केही नभनेका हौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here