जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको शव नजिक विषादीको बट्टा र झोला फेला

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका नजिक जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको शव भरतपुर अस्पताल ल्याइँदैछ ।

शव भेटिएको ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा मुचुल्का गरी शव निकालेर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

frontline

आइतबार साँझ शव भेटिएपछि रातभर प्रहरीले सुरक्षा दिएर शव राखेको थियो । अब शव भरतपुर अस्पतालको शव गृहमा राखेर अनुसन्धान गर्ने वा थप जाँचका लागि काठमाडौं पठाउने भन्ने बारेमा निर्णय गर्न बाँकी रहेको एसपी अधिकारीले बताए ।

घटनास्थल नजिक धानमा हाल्ने विषादीको बट्टासमेत भेटिएको प्रहरीले जनाएको छ ।

त्यहाँ एउटा झोलासमेत भेटिएको र उनकी दिदीले झोलाको पनि पहिचान गरेको एसपी अधिकारीले बताए ।

झोला र विषादीको सम्बन्धका बारेमासमेत अनुसन्धान भैरहेको उनको भनाइ छ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे अनुसन्धान गरिरहेको बताए ।

उनले सुक्ष्म रुपमा त्रुटिरहित ढंगले सजगता अपनाउँदै प्रहरीले घटनाको अनुसन्धान गरिरहेको दाबी गरे ।

असार ११ गते बिहान ६ बजे साथीको घर जान्छु भनेर निस्किएकी सुजिता आइतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा मृत भेटिएकी हुन् ।

उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जंगलमा च्याउ टिप्न गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ ।

वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थल मृतक भण्डारीको घरबाट करीब पाँच किलोमिटर टाढा पर्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here