जापानमा भारी वर्षापछिको बाढीमा २० जना बेपत्ता

एजेन्सी । जापानको सिजुको जिल्लामा भारी वर्षापछिको बाढीमा २० जना बेपत्ता भएका छन् ।

सिजुको जिल्लाको अतामी भन्ने गाउँमा अविरल वर्षापछि आएको बाढीले कम्तीमा पनि १० ओटा घर बगाउँदा त्यहाँ रहेका २० जना नागरिक हराएका जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

frontline

शनिबार बिहानदेखि हराएका उनीहरुको खोजी जारी रहे पनि भेटिएका छैनन् ।

सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ । उक्त वर्षाका कारण यहाँका अरु गाउँहरुमा पनि असर गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here