कम्युनिष्ट नेताद्वय पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको प्रतिमा स्थापित

श्रोत : ईन्टरनेट

चितवन । माडी-६, लक्ष्मीनिवासस्थित पुष्पमदन वनवाटिकामा कम्युनिष्ट नेताद्वय पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको प्रतिमा स्थापित भएको छ ।

वनबाटिकामा तात्कालीन नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठ र नेकपा एमालेका तात्कालिन महासचिव मदन कुमार भण्डारीको प्रतिमा स्थापित भएको हो ।

frontline

वनबाटिकाको नामका प्रणेता नेताद्वयको अर्धकदको प्रतिमा मुर्तीकार प्राज्ञ लालकाजी लामाले बनाउनुभएको हो ।

माडीको एक महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थलका रुपमा पहिचान बनाएको सो वनबाटिका क्षेत्रमा भ्युटावर, पिकनिक स्थल र बाल उद्यान लगायतका संरचनाहरु बनिसकेका छन् ।

वनबाटिकासंग जोडिएको स्थानीय समुदायले माडी भ्यु सामुदायिक होमस्टे सञ्चालन समेत गरिरहेको छ भने बाटिका क्षेत्रमा होटल लगायतका थप संरचनाहरु बनाउन डि.पी.आर. तयार भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here