निर्माणको अन्तिम चरणमा रहेको पुल बाढीले बगायो

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुल भाँचिएको छ ।

निर्माणको अन्तिम चरणमा रहेको पुल दुई दिनदेखिको अविरल वर्षापछि शनिबार दिउँसो भाँचिएको हो ।

frontline

सिवाई पट्टीको पहिलो पिल्लर बांगिएको र पुलको दोस्रो स्लाब भाँचिएको चैदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए ।

‘ठेकेदार कम्पनीले यो असार महिनाभित्रै निर्माण कार्य समेर बुझाउँछु भनेको थियो, काम पनि लगभग सकिएको अवस्थामा भाँचिएको छ’ उनले भने ।

१२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको एउटा पिलर भासिएर दुई वटा स्लाब बगाएको छ ।

बाढीले स्लाब बगाउँदा चौदण्डीगढी नगरपालिका– ५ सिवाईका अख्तर मियाँ खोलामा खसेर घाइते भएकाे मेयर राईले जानकारी दिए । स्थानीयले उनको उद्दार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here