शुक्रबारदेखि सबै सरकारी कार्यालयमा सेवा प्रवाह

श्रोत : ईन्टरनेट

चितवनमा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै प्रशासन,शुक्रबारदेखि सबै सरकारी कार्यालयमा सेवा प्रवाह,तीन पाङग्रे सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागु

चितवन, । चितवनमा पर्सिदेखि सबै सरकारी कार्यालयमा सेवा प्रवाह हुने भएको छ ।

चितवनमा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै प्रशासनले यस्तो निर्णय गरेको हो ।

frontline

जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्यरुपमा पालना गर्ने सुनिश्चितता गरी सेवा प्रवाह गर्न निर्देशन दिइएको प्रशासनले जनाएको छ ।

जस अनुसार प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय तथा यातायात कार्यालय अब बार अनुसार खुल्नेछन् ।

कुन कार्यालय कहिले खोल्ने भनेर स्थानीय तहले आलोपालो प्रणाली तोक्ने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

यस्तै शुक्रबारदेखि नै तीन पाङग्रे सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागु हुने भएको छ ।

सार्वजनिक यातायातलाई बिस्तारै सहज बनाउदै लैजाने क्रममा बढीमा २ जना यात्रु बोक्ने गरी तीन पाङ्ग्रे सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here