बस दुर्घटना हुँदा २८ जना घाइते

दाङ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यानखण्डको सिरखोलामा रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा १ ख २४३९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

तिनलाई अहिले उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

frontline

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भलक शर्माका अनुसार घाइतेलाई घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको छ ।

साँझ पौने ७ बजे दुर्घटनामा परेको बस सडकदेखि झण्डै ५० मिटर तल खसेको छ ।

सो स्थानमा घुम्ती रहेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।

गाडीमा करीब ३५/३६ यात्रु भएको हुन सक्ने जनाइएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

poster-here