बेपत्ता दुई पुरुषको खोजीमा कुकुर परिचालन

गलकोट नगरपालिका-६ कायसका क्षेत्रबहादुर बुढाथोकी र बागलुङ नगरपालिका-१ रामरेखाका सोमबहादुर सुनारको खोजीमा प्रहरीले तालिमप्राप्त  कुकुर परिचालन गरेको, बुढाथोकी गत बिहीबारदेखि र सुनार १७ दिनदेखि बेपत्ता 

काठमाडौं । बागलुङका दुई पुरुष बेपत्ता भएपछि खोजीमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।

गलकोट नगरपालिका-६ कायसका क्षेत्रबहादुर बुढाथोकी र बागलुङ नगरपालिका-१ रामरेखाका सोमबहादुर सुनारको खोजीमा प्रहरीले कुकुर परिचालन गरेको हो ।

frontline

बुढाथोकी गत बिहीबारदेखि र सुनार १७ दिनदेखि बेपत्ता छन् ।

प्रदेश प्रहरी मातहत रहेको कुकुर शाखाबाट दुई तालिम प्राप्त कुकुरसहित प्रहरी खोजी काममा जुटेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

७० वर्षीय बुढाथोकी घाँस काट्न जाँदा बेपत्ता भएका थिए । घरदेखि २० मिनेटको दूरीमा रहेको खरबारीमा घाँस काट्न भनेर गएका बुढाथोकी अबेरसम्म घर नफर्केपछि परिवार, स्थानीयवासी र प्रहरी मिलेर खोजीमा लागेका थिए ।

बुढाथोकी घाँस काट्न भनेर गएको ठाउँमा नाम्लो, डोरी र काटेको घाँस भने भेटिएको थियो ।

यस्तै मर्निङवाकमा निस्किएका ४६ वर्षीय सुनार गत जेठ २९ गतदेखि बेपत्ता छन् ।

परिवारजनका अनुसार रामरेखाबाट मालढुङ्गा जाने क्रममा उनी हराएका हुन् ।

परिवारजनको निवेदनपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता सुनारको खोजी जारी राखेको छ ।

म्याग्दीको बेनी नगरपालिका-१ अर्जमका स्थायी बासिन्दा सुनार लामो समयदेखि बागलुङमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here