भागेका बालकहरू पक्राउ

श्रोत : ईन्टरनेट

बाल सुधार गृहको  तीन तलामाथिबाट हाम फालेर फरार भएका तीन जनालाई आइतबार बिहान विराटनगरको नोबेल हस्पिटलअगाडिको नहरबाट पक्राउ

विराटनगर । विराटनगरको बाल सुधार गृहबाट शनिबार बिहान फरार भएका चारै जना बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

तीन तलामाथिबाट हाम फालेर फरार भएका तीन जनालाई आइतबार बिहान विराटनगरको नोबेल हस्पिटलअगाडिको नहरबाट पक्राउ गरेको हो ।

frontline

त्यस्तै, अर्का एक बालकलाई शनिबार बिहान विराटनगरको दूध फारमदेखि पक्राउ गरेको थियो ।

१ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरको रिटको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

फरार हुने तीन जना बालक जबर्जस्ती करणी मुद्दाका कैद सजाय र एक जना हातहतियार तथा खरखजना मुद्दामा पुर्पक्षमा रहेका बाल बिज्याइँकर्ता हुन् ।

उनीहरूमध्ये जबर्जस्ती करणी मुद्दाका सोलुखुम्बु घर भएका बाल बिज्याइँकर्ता शनिबार पक्राउ परेका थिए ।

आइतबार संखुवासभा, उदयपुर र झापा घर भएका तीन जनालाई पक्राउ गरेर मोरङ प्रहरी कार्यालयमा राखिएको छ ।

बाल गृहदेखि फरार भएका चारै जनालाई पक्राउ गर्न सफल भएको मोरङ प्रहरीका निमिक्त प्रमुख डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए

फरार दुई जना बालक घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here