घरबार विहीन भएका ७५ परिवारलाई रोटरी क्लबद्वारा खाद्यान्न र भाँडावर्तन सहयोग

श्रोत : ईन्टरनेट

चितवन । चितवन रोटरी क्लबले लम्जुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ ।

क्लबले गत असार १ गते मस्याङ्दी र दोरदी नदीमा आएको बाढीमा परी घरबार विहीन भएका ७५ परिवारलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको हो ।

frontline

चितवन रोटरी क्लबका पूर्ब अध्यक्ष तथा रोटरी डिस्ट्रिकट सर्भिस चेयरम्यान उत्तमलाल चुकेको नेतृत्वमा नारायणगढ़बाट गएको चितवन रोटरीको टोलीले जिल्लाको दुई स्थानमा स्थानिय निकायको रोहबरमा बाढी प्रभावितहरूलाई राहत सामग्री प्रदान गरेको हो ।

जिल्लाको दोरदी गाउँपालिका ५ हिलेमा बाढी प्रभावित २५ र मस्याङदी गाउँपालिका ३, ७ र ८ वडाका ५१ परिवारलाई ५ लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरिएको क्लवका अध्यक्ष रोशन पियाले जानकारी दिनुभयो ।

यसैगरी क्लबका पूर्ब अध्यक्ष दिलीप पिया, कोषाध्यक्ष गेहेन्द्र श्रेष्ठले पिडित परिवारलाई सहयोग प्रदान गर्नु भएको थियो ।

राहत वितरणको लागि नारायणगढको लक्ष्मी नारायण ट्रेडिंग, समाजसेवी प्रेमकुमार श्रेष्ठ, हरिकृष्ण महर्जन तथा रोटरी सदस्यहरूले आर्थिक सहयोग उपलब्ध गराएको क्लबका पूर्ब अध्यक्ष उत्तमलाल चुकेले जानकारी दिनुभयो ।

राहत वितरणमा लमजुङ रोटरी क्लब र व्यवसायी राजाराम प्रधानले बिशेष सहयोग गर्नुभएको थियो ।

सो राहत वितरण कार्यक्रम क्लबका उपाध्यक्ष ज्ञानेन्द्रमान शाक्य संयोजनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here