लम्कीचुहा अस्पतालमा मंसिर १ गते देखि स्वास्थ्य बिमा कार्यक्रम लागु हुदै

 कैलालीको लम्कीचुहा अस्पतालमा मंसिर १ गते देखि स्वास्थ्य बिमा कार्यक्रम लागु हुनेभएको छ । स्वास्थ्य बिमा गराएका यस क्षेत्रका नागरीकले मंशिर १ गते देखि जिल्लाकोे लम्कीचुहा अस्पताल बाट सेवा लिन पाउने भएका छन । स्वास्थ्य विमा बोर्ड र लम्कीचुहा नगर अस्पतालका अध्यक्ष समेत रहनु भएका लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई बिच आज काठमाण्डौमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ  ।  मंशिर १ गते बाट स्वास्थ्य बिमा गराएका यस क्षेत्रका पायक पर्ने सबै स्थानियतहका नागरीक र जेष्ठ नागरीकले निःशुल्क स्वास्थ्य विमा सेवा पाउनु हुने भएको हो । 

यस अघि स्वास्थ्य विमा गराएकाहरुले उक्त सेवा लिनको लागि टीकापुर, धनगढी, कोहोल्पुर, नेपालगञ्ज जानु पर्ने बाध्यता रहेको थियो । केहि निजि अस्पताल तथा स्वास्थ्य संस्थालाई स्वास्थ्य विमा गराएका विरामीको उपचारको  लागि  अनुमति दिएको भएपनि बिभिन्न झन्झट झेल्नु पर्ने बाध्यता रहेको थियो । 

frontline

जिल्लाको लम्कीचुहा, बदैगोरीया, जानकी, महोन्याल, घोडाघोडी, गौरीगंगा लगायतका स्थानियतहका स्वास्थ्य विमा गराएका नागरीक र ७० बर्ष नाघेका जेष्ठ नागरीकले स्वास्थ्य विमा कार्यक्रम अन्र्तगत अब देखि उपचारको लागि टाढाँ जानु पर्ने बाध्यता हटेको छ । मंसिर १ गते देखि स्वास्थ्य विमा गराएका नागरीकलाई सबै प्रकारका उपचार, नियमित चेकजाँच सेवा सुरु गरीने लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here