कैलालीको लम्कीचुहामा औध्योगिक क्षेत्र निर्माण
कैलालीको लम्कीचुहामा बृहत औध्योगिक क्षेत्र निर्माण कार्यले तिब्रता पाउने कार्य अघी बढे संगै हजारौंको संख्यामा राजगारी सृजना हुने, समग्र सुदुपश्चिमको मुहार फेरीने । लम्की औध्योगिक क्षेत्र नेपाल सरकारको प्रथामिकतामै रहेको उध्योग सचिव चन्द्र कुमार घिमिरे द्धारा जानकराी ।उध्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरे लगाएतको टोलीले लम्की औध्योगिक क्षेत्र निमार्ण स्थलको अनुगमन गरेकोछ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ को डुडेझारी क्षेत्रलाई नेपाल सरकारले आर्थिक बर्ष ०७७/०७८ को निति तथा कार्यक्रममा समेटेको भएता पनी बजेटमा नसमेटेपछी यस क्षेत्रका नागरिकमा निरासा छाएको थियो । उध्योग सचिव घिमिरे लगाएत राष्ट्रिय लगानी बोर्डका कार्यकारी अधिकृत शुसील भट्ट, लम्कीचुहा नगरप्रमुख महादेव बजगाई,औध्योगीक विकास समितिका अध्यक्ष नन्द किशोर बस्नेत,उध्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयका सह–सचिव वलराम रिजाल,नेकपा कैलाली अध्यक्ष रतन थापा, जिल्ला सचिव लाल बहादुर सोडारी दर्शन, जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्य बहादुर थापा र लम्कीचुहा नगर उपप्रमुख टिका थापा लगाएतको टोलीले स्थलगत अनुगमन गरे पश्चात मन्त्रालयको टोलीले तत्काल कार्य थालनी गरीने प्रतिबद्धता जनाएकोछ । करिव ६०० बिघाहाको हाराहारीमा निर्माण आरम्भ गरिने बताईएको लम्की औध्योगीका क्षेत्रमा विभिन्न प्रकारका साना तथा मझौला गरी ३०६ उध्योग स्थापना गर्ने गरी कार्य अघी बढीरहेको सचिव घिमिरेले बताउनुभयो ।
स्थापनाका लागि आवश्यक पर्ने कागजी प्रक्रीया र पुरा गर्नुपर्ने आवश्यक कानुनी प्रक्रीया सबै पुरा भैसकेकाले यस क्षेत्रका नागरिकहरु अव निरासा बन्नु नपर्ने बताउदै घिमिरेले अव भौतीक संरचना निर्माण कार्य अविलम्व थालनी गर्ने तयारी भैरहेको जानकारी दिनुभयो । लगानी बोर्डका कार्यकारी अधिकृत भट्टले भौतीक संरचना निर्माणमा मात्र सुरुवातमा २८ अर्ब रकम आवश्यक पर्ने, सो निर्माणका क्रममा यस क्षेत्रका बाटा घाटाहरु साँघुरा हुदा तिनको निर्माण गरिनुपर्ने, अवश्यक कच्चा पदार्थ यही उत्पादन गर्नुपर्ने र हजारौंको संख्यामा राजगारी सृजना हुने भएकाले लगानी बोर्ड यो लम्की औध्यागीक क्षेत्रमा लगानी गरी समग्र सुदुरपश्चिमकै जनताको मुहारमा खुसी ल्याउने कार्यमा एकदमै सकारात्मक रहेको बतांउदै बोर्डको तर्फबाट यो लम्की औध्योगीक क्षेत्रको काम सम्पन्न गर्न आवश्यक पर्ने अन्य सबै सहयोग उपलब्ध गराउन तयार रहेका जानकारी दिनुभयो । अनुगमनका क्रममा लम्कीचुहा नगरप्रमुख महादेव बजगाईले प्रत्यक बर्ष मन्त्री र मन्त्रालयका सचिवहरु आउने हेर्ने जाने तर काम केही अघी नबढेको जस्तो भएकाले यस क्षेत्रका राजनितिज्ञ, बुद्धिजिवि, समाजसेवी ब्यक्तित्व र आम नागरिकमा निरासा छाएको अवगत गराउदै यस पटकको टोलीले सबै प्रक्रिया पुरा भैसकेको बताएपछी सबैमा हर्ष छाएको भन्दै यो प्रक्रयामा सुरु देखी हाल सम्म सक्रिय सहभागिता जनाउने संघिय साँसद झपट बहादुर रावल, समन्वय समिति प्रमुख सुर्य बहादुर थापा, लम्कीचुहा उध्योग वाणिज्य संघका पदाधिकारीहरु, लगाएत सबैलाई धन्यवाद समेत ब्यक्त गर्नुभयो ।
नगरप्रमुख बजगाईले आउने प्रतिबद्धता जनाउने जाने काम केही नहुने स्थीती फेरी पनी सृजना भयो भने यस क्षेत्रका तमाम जनता आफ्नो माग पुरा गराउन सडकमा निस्कनु पर्ने स्थीती भएकाले सो परिस्थीती सृजना हुन नदिन तर्फ मन्त्रलाय र लगानी बोर्डको टोलीलाई सचेत गराउनु भएको थियो । अनुगमनमा नेकपाका लम्कीचुहा नगर ईन्चार्ज रतन सुनार, नगर सचिव लाल बहादुर कुमाल,नगर सचिवालय प्रमुख धनन्जय न्यौपाने, युवा समाजसेवी बिष्णु खनाल, युवा ब्यवसायी तिलक प्रसाद खनाल, अखिल नेपाल महिला संघ फ्याक्सन ईन्चार्ज बिमला सिंह, लम्कीचुहा वडा नं. १ का वडा अध्यक्ष जनक बहादुर बम, ब्यवसायी तुला सिंह थापा, डिल्ली प्रसाद गड्तौला, महिला नेत्री माया शाह, गिता गड्तौला थापा, युवा समाजसेवी चक्र प्रसाद खनाल,एकेन्द्र भण्डारी,दुजराम चौधरी,टिकाराम बजगाई,वडा नं. ३ का अध्यक्ष भक्त बहादुर चलाउने,वडा नं. १ का वडा सदस्य चन्द्र बहादुर बि.क.,सशस्त्र प्रहरी निरिक्षक विपिन खनाल लगाएतकाको समेत सहभागिता रहेकोथियो ।
प्रतिक्रिया दिनुहोस्