माकलबारी क्षेत्रमा बिभिन्न स्थानमा सडक बत्ति जडान

श्रोत : ईन्टरनेट

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारी क्षेत्रमा सडक बत्ति जडान गरिएको छ ।

उद्यमशिल महिला समुहको पहलमा माकलबारी क्षेत्रका बिभिन्न स्थानमा रातको समयमा हिडडुल गर्न असुरक्षित महसुश भएपश्चात  उक्त क्षेत्रमा ११ वटा सडक बत्ति जडान गरिएको उद्यमशिल महिला समुहकी अध्यक्ष प्रमिला शेर्पाले जानकारी गराइन।

frontline

उनले सडकबत्ती जडानसँगै सो क्षेत्रमा  रातको समयमा हुने आपराधिक कार्यमा कमी आउनुको साथै रातको समयमा  आवतजावतमा समेत सहज हुने बिश्वास ब्यक्त गरेकी छिन । 

उनले उक्त कार्यको लागि गोकर्णेश्वर नगरपालिका र वडा नं ४ सहितसो काममा सहयोग गर्ने  स्थानीयलाई धन्यवाद दिएकी छिन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here