एनटीसी मोबाइल नेटवर्कमा विहानैदेखि समस्या
काठमाठौं । चितवन, काठमाडौं लगायतका क्षेत्रमा आज विहानैदेखि नेपाल टेलिकमको जीएसएम नेकवर्टमा फोन नलाग्ने समस्या आएको छ ।
मोवाइल नेटवर्कमा समस्या आएपछि सन्चार सम्पर्कमा कठिनाई आएको छ ।
नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले कोर नेटवर्क एचएलआरमा समस्या आएकाले मर्मत भइरहेको जानकारी दिए ।
“मोबाइलको भ्वाइस कलमा समस्या आएको हो ।
केहिबेरमा फोन लाग्छ,” निर्देशक अधिकारीले भने, “ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट र एसएमएसमा समस्या छैन ।
प्रतिक्रिया दिनुहोस्