अफगानिस्तानमा तालिवानद्वारा ५० जिल्ला कब्जा

श्रोत : ईन्टरनेट

एजेन्सी । अफगानिस्तानमा विद्रोही समूह तालिवानले ५० भन्दा धेरै जिल्लालाई तालिवानले कब्जामा लिएको छ ।

हिंसात्मक घटना बढाएको भन्दै संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ ।

frontline

अमेरिकाले आफ्ना सेनालाई स्वदेश फर्काउने भएपछि तालिवानले प्रान्त र जिल्लालाई कब्जा गर्न थालेको छ ।

तालिवानका कारण अफगानिस्तानसँगै अन्य देशमा पनि सुरक्षाको जोखिम बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

तालिवानले ठाउँ ठाउँमा बारुदी सुरुङ बिछ्याएका बीबीसीले जनाएको छ ।

शान्ति वार्ताको प्रयास भइरहे पनि तालिवान वार्ताका लागि इच्छुक देखिएको छैन ।

अमेरिकाले आउँदो सेप्टेम्बर ११ तारिखदेखि आफ्नो सेनालाई फर्काउने तयारी गरेको छ ।

अफगानिस्तानमा विद्रोहीको आक्रमणका कारण पोलियो थोपा खुवाउने अभियानसमेत प्रभावित छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here