आँवुखैरेनी कुहिएकाे मासु र महँगोमा समान वेच्नेहरुको विगविगि
तनहुँ । पृथ्वी राजमार्गमा पर्ने आँवुखैरेनी गाउँपालिका आज पहिलाे पटक बजार अनुगमन भएकाे छ । अनगुमनका क्रममा कुहिएकाे मासु विक्री गरिरहेकाे अवस्थामा मनकामना दाना पसलका मङग गुप्ता फेला परेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल सहितकाे नेतृत्वले गरेकाे बजार अनुगमनका क्रममा उनकाे पसलबाट डुङ्डुङती गन्हाएकाे मासु ३३ किलाे बरामद गरेकाे छ । फि्जमा राखेर जमाएर दिने हाे अहिले लाइन नभएकाेले केही गन्ध आएकाे गुप्ताकाे भनाइ थियाे । ग्राहकहरुले अहिले सम्म कुनै कम्प्लेन समेत नगरेकाे उनले बताए ।
कुहिएकाे मासु सहायक प्रमुख जिल्ला अधिकारीकाे राेहवरमा खाल्डाे खनेर गाडिएकाे छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमाैलीबाट आएकाे टाेलीले आँवुखैरेनीका ४ वटा पसलकाे अनुगमन गरेकाे थियाे ।
चिसापानीमा रहेकाे नेपाल सरकारकाे अनुदानमा प्राप्त फ्रेस हाउसमा फाहाेर र माखा भन्किरहेकाे अवस्थामा अनगुमगन समितिले फेला पारेर सचेत गराएकाे खाद्य अनुसन्धान अधिकृत प्रशाान्त पाेखरेलले बताए ।
आँवुखैरेनी चाेकमा रहेकाे मिनि मार्केटले ६२८ रुपैयाँमा खरिद गरेकाे सामग्री एक हजार ६०० मा विक्री गर्दै आएकाे फेला परेकाे छ । आफू सामाजसेवी समेत रहेकाे बताउने तुल नारायण श्रेष्ठले यहाँकाे व्यापार काठमाण्डाैकाे दरबार मार्ग क्षेत्रकाे जस्तै रहेकाे बताए । विभिन्न बस्तुहरुमा अधिककतम मूल्य लेखेर आएकाे भएपनि श्रेष्ठले आफूखुशी मूल्य राखेर बर्षाैदेखी समान विक्री गर्दै आएका हुन् । अहिले सम्म कसैले गुनासाे नगरेकाे उनकाे भनाइ छ । मेराे पसलमा भएका समानकाे मूल्य कति लिने त्याे मेराे अधिकारकाे कुरा हाे उनले भने ।
अधिकतम मूल्यमा केही रुपैयाँ घटाएर विक्री गर्नु पर्नेमा धेरै मूल्यमा विक्री गर्ने अझै समाजसेवी हुँ भन्ने भन्दै अनुगमन समितिका सदस्यहरुले प्रश्न राखेपछि श्रेष्ठले आफूले गल्ती गरेकाे स्वीकार गर्दै १० देखि २० प्रतिशत सम्म मात्र मूल्य बढाएकाे बतए । श्रेष्ठका पसलमा भएका अधिकाँश सामग्रीहरुमा अधिकतम मूल्यमा थप मूल्य राखेर स्टिकर टाँस गरेका विक्री गर्दै आएकाे फेला परेकाे हाे ।
देवकाेटा एग्राेभेट गाेरखाली फ्रेस हाउसकाे समेत अनुगमन गरेकाे छ । अनुगमनमा स्थानीय तहका अधिकारीहरु, जनप्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतकाे सहभागिता रहेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्