टोखा नगरपालिकाद्धारा बाढी पिडितका लागि बिस लाख सहयोग
काठमाडौँ । टोखा नगरपालिकाद्धारा मेलम्ची तथा हेलम्बु बाढी पिडितहरुको राहत तथा उद्दारका लागि मेलम्ची र हेलम्बु नगरपालिकालाई बिस लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
टोखा नगरपालिकाको कार्यपालीकाको बैठकको निर्णबाट बाढीले भएको धनजनको क्षतिपछिको राहत तथा उद्धार कार्य गर्न मेयर प्रकाश अधिकारीले आज राहातको घोषणा गरेका हुन् ।
मेलम्ची नै काठमाडौंको पानीको प्रमुख स्रोत भएको र सोही स्थानमा विपद् पर्दा नगरपालिकाले सक्दो सहयोग गर्ने मेयर अधिकारीले बताए।
मंगलबार राति आएको बाढीका कारण मेलम्ची बजार बगरमा परिणत भएको छ।
मेलम्ची र हेलम्बुका कयौं क्षेत्र डुबानमा परेका छन्।
सयौं मानिस विस्थापित भएका छन् भने अर्बौंको क्षति भएको छ।
प्रतिक्रिया दिनुहोस्