गोकर्णेश्वर कृष्ण मन्दिरको मुर्ति सहित दुइ जना पक्राउ

श्रोत : ईन्टरनेट

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ४ को तालिन्चोकमा रहेको कृष्ण मन्दिर बाट चोरी भएको राधाकृष्णको मुर्ति सहित दुइ जनालाई पक्राउ गरिएको छ  ।

२०७८ साल जेठ २३ गते चोरी भएको राधाकृष्णको मुर्ति सहित उक्त मुर्ति चोरीमा संलग्न दुइजनालाइ महानगरीय प्रहरी वृत्त बौद्धले  पक्राउ गरेको हो ।

frontline

ओखलढुंगा जिल्ला लिखु गाउपालिका वडा नं ९ घर भई हाल काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटार कृष्ण मन्दिर बस्ने अन्दाजी ४२ बर्षीय अंकित घिमिरेले  ४० बर्ष पुरानो उक्त मुर्ति चोरी गरि सर्लाही जिल्ला रामनगर नगरपालिका वडा नं ६ घर भई हाल काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटार कृष्ण मन्दिर बस्ने अन्दाजी ४६ बर्षीय धुप नारायण साहलाइ उक्त मुर्ति सहित उक्त मन्दिरमा रहेको तामाको ओम्खरा  तथा नयाँपाटीको  गणेश मन्दिर बाट चोरिएको गणेशको मुर्ति समेत  बिक्रि गरेका थिए।

मिलोमतोमा चोरी गरेको आरोपमा निजहरुलाई पक्राउ गरि आवशयक कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here