रुपन्देहीमा निषेधाज्ञा थप खुकुलो

निजी सवारी साधन चल्दा जोर–बिजोर प्रणाली अनुसार चल्ने

बुटवल । रुपन्देहीमा मंगलबारबाट निषेधाज्ञा थप खुकुलो हुने भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले निजी सवारी साधन चल्न पाउने गरी निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो ।

frontline

तर, सवारी साधन चल्दा जोर–बिजोर प्रणाली अनुसार चल्नुपर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले बताए

जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन चलाउनुपर्ने जनाइएको छ ।

यस्तै डीसीसीएमसीको बैठकले मंगलबारदेखि सबै सरकारी कार्यालय खोल्ने निर्णय पनि गरेको छ ।

यसअघि अत्यावश्यक सेवाका कार्यालयहरु मात्र खुलेका थिए ।

कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि रुपन्देहीमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

असार १ गतेबाट भने निश्चित समय पसल र व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here