चीनमा एक अर्ब डोजभन्दा बढी कोरोना खोप लगाइयो

काठमाडौं । चीनमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एक अर्ब डोजभन्दा धेरै खोप वितरण गरिएको छ ।

चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार शनिबारसम्ममा चीनमा एक अर्ब डोजभन्दा बढी खोप वितरण गरिएको छ ।

frontline

यसअघि शुक्रबार विश्वभर कोरोना खोपको २ अर्ब ५० करोड डोजभन्दा बढी खोप वितरण भइसकेको थियो ।

यो तथ्यांकअनुसार अहिलेसम्म विश्वभर वितरण भएको कोरोना खोपमध्ये करिब ४० प्रतिशत चीनमा वितरण गरिएको छ ।

चीन विश्वको सबैभन्दा धेरै नागरिकलाई कोरोना खोप वितरण गर्ने मुलुक हो ।

वितरण भएको संख्याको आधारमा दोस्रो स्थानमा रहेको अमेरिकामा अहिलेसम्म ३१ करोड डोजभन्दा धेरै कोरोना खोप वितरण भइसकेको छ ।

चीनले कति मानिसले पूरा र कतिले पहिलो डोज खोप मात्र लिएका छन् भन्ने तथ्यांक सार्वजनिक गरेको छैन ।

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सन् २०२० को डिसेम्बरबाट चीनमा कोरोना खोप कार्यक्रम सुरु भएको थियो ।

सुरुवातमा खोप कार्यक्रम केही सुस्त गतिमा सञ्चालन भए पनि गत मे महिनाबाट भने चीनमा दैनिक एक करोडभन्दा धेरै डोज कोरोना खोप लगाइँदै आएको छ ।

चीनमा लगाइएको कोरोना खोपको संख्या अघिल्लो साताको सोमबार ९० करोड डोज नाघेको थियो ।

त्यसको पाँच दिनपछि शनिबार यो संख्या एक अर्ब नाघेको हो ।

चिनियाँ अधिकारीहरुले एक अर्ब डोजभन्दा धेरै खोप लगाउनु निकै महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here