यार्सा संकलन गर्न गएका ७० जनाको सकुशल उद्धार
काठमाण्डु । मनाङमा यार्सा संकलन गर्न गएका ७० जनाको सकुशल उद्धार गरिएको छ ।
यार्सागुम्बा संकलन गर्न हिमालको फेदमा गएका मनाङको फू गाउँका ७० जनाको विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङको सक्रियतामा उद्धार गरिएको हो ।
उनीहरुलाई हेलिकप्टरबाट नार्पाभूमि गाउँपालिकाको विकट लेकबाट उद्धार गरी ल्याइएको हो ।
अविरल आएको वर्षाका कारण उनीहरु लेकमा अलपत्र भएका थिए ।
उद्धार गरिएका मध्ये तीन जना घाइते भएका छन् ।
उनीहरुलाई थप उपचारका लागि चामे लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्