चुनिखेल: विकसित वडाका रुपमा पहिचान बनाउदै

काठमाण्डौ। केहि वर्ष अगाडी सम्म बुढानिलकण्ठ नगरपालिका वडा नं १३ साविक चुनिखेल गाविस पूर्वाधार र विकासको कमिका कारण अन्य स्थान भन्दा अलग्गै रहेको झैँ लाग्दथ्यो।

जिर्ण सडक र निकै थोरै निकासका बाटोहरुका कारण लामो समय सम्म निकै कस्ट भोगेको वडाको सो क्षेत्रको मुहार अहिले सर्लक्कै  फेरिएको छ।केहि वर्ष  पहिला सम्म अविकसित मानिएको चुनिखेलको अहिले विकसित वडाका रुपमा पहिचान बदलिएको हो ।

frontline

अलिकति वर्षा भयो कि कपन कृष्ण मन्दिर वा हात्ती गौडा बाट पैदल हिडेर चुनिखेल जानु पर्ने बाध्यतामना रहेका स्थानीयहरु अहिले सो समस्या बाट पूर्ण रुपमा मुक्त भएका छन भने ठुला सडक पूर्वाधारको निर्माणले त्यस क्षेत्रको आर्थिक तथा सामाजिक परिवर्तनमा पनि निकै ठुलो भूमिका खेलेको छ।

धेरै लामो समय देखि आफ्नो पृथक सांस्कृतिक पहिचान बचाउदै आधुनिक विकासको बाटोमा अगाडी बढ्ने प्रयासमा रहेको चुनिखेललाई आफुले कार्यकाल सम्हालेको ४ वर्ष ३३ दिनमै विकसित वडाका रुपमा पहिचान दिलाउन सफल भएका छन वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ।

सडक,खानेपानी ,संस्कृति संरक्षण  र पूर्वाधार विकासलाई चुनावी घोषणा पत्रमा उल्लेख गरेका वडा अध्यक्ष श्रेष्ठको निरन्तरको मेहेनत कौडोल- भन्ज्यांग सडक , कोरिडोर क्षेत्र सडक ,टुपेक -नौलिन सडक र चुनिखेल – जगडोल सडक र च्यानेखोला कोरिडोर सडकको निर्माणमा देखिएको प्रगतिले स्पस्ट देखाउने एक स्थानीय बताउछन।

चुनिखेल क्षेत्रले यति चाडै आफ्नो भौतिक विकासको स्वरूप परिवर्तन गर्ला भन्ने नसोचेको बताउदै उनले पूर्वाधार विकासले वडामा बहुआयामिक सकारात्मक संकेतहरु देखापरेको धारणा राखेका छन।

चुनिखेलको नामाकरण भएको ऐतिहासिक चुनदेवी मन्दिर पुननिर्माण,नौलिन मावीको स्थानान्तरण तथा सुविधासम्पन्न भवन निर्माण , जन उद्दार मावीको भवन निर्माण,वडा नं १३ सापाटारमा प्राविधिक विद्यालयको निर्माणका लागि अध्ययन, नौलिन पार्क निर्माण जस्ता दुरगामी महत्वका योजनाहरुलाई सफलता पुर्वक अगाडी बढाएका वडा अध्यक्ष श्रेष्ठले छोटो समयमा नै चुनिखेल क्षेत्रलाई आवासीय स्थानका लागि रोजाइमा पर्ने वडाका रुपमा विकास गरेका छन।

स्थानीय जात्रा ,पर्व र संस्कारको सम्मान ,वडा नं १३ को पहिचान  भन्ने नारा तय गरेर विभिन्न योजना अगाडी बढाएका अध्यक्ष श्रेष्ठको पहलमा स्थनीय धिमे खल ,बाँसुरी खल र अन्य गुठिहरुले आवस्यक सामाग्री र सहयोग पाउदै आएका छन, भने एक घर एक धाराको नारालाई सफल बनाउनका लागि स्थनीय मूल र श्रोतको उपयोग गर्दै खानेपानी वितरणको व्यवस्था पनि मिलाइएको छ।

काठमाण्डौ उपत्यकाको पुरानो मध्येको एक बस्ति चुनिखेलका ऐतिहासिक मठ ,मन्दिर,पोखरी ,प्राकृतिक सम्पदाको उपयोगलाई वडाको समृद्धि संग जोड्ने प्रयासमा रहेको बताउने अध्यक्ष श्रेष्ठले अवका दिनमा सामाजिक विकास र युवा शशक्तिकरणका क्षेत्रमा थप योजना सहित काम गर्ने धारणा राखेका छन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here