पहिरोले च्यापिएर बालक र बालिकाको मृत्यु

डोटी । डोटीमा पहिरोले च्यापिएर बालक र बालिकाको मृत्यु भएको छ।

बिहीबार साँझ दिपायल सिलगढी नगरपालिका-५ मा पहिरो जाँदा बाख्रा चराउन गएकी ८ वर्षीया बालिका जेनिसा विष्ट र सोही ठाउँमा मामाघर आएका ६ वर्षीय बालक विनोद भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्र मल्लले जानकारी दिए।

frontline

माथिबाट बगरछेउमा पहिरो खस्दा उनीहरू पुरिएको मल्लले बताए।

घटनापछि गएको प्रहरीले शव फेला पारेर पोष्टमार्टमको लागि जिल्ला अस्पताल डोटीमा पठाएको मल्लले बताए।

प्रतिक्रिया दिनुहोस्

poster-here